बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नोबेल मेडिक कलेजको निःशुल्क स्वास्थ्य शिविर, ३९९ जनाले लिए सेवा

नोबेल मेडिक कलेजको निःशुल्क स्वास्थ्य शिविर, ३९९ जनाले लिए सेवा

images
२०८२ कार्तिक २ गते, आइतवार
२०८२ कार्तिक २ गते, आइतवार
  • बिराटनगर। विराटनगर–११ पाँचमुखीमा नोबेल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ३९९ जनाले सेवा लिएका छन्।

    images

    नोबेल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी पीडितहरुलाई लक्षित गर्दै गत असोज ३१ गते स्वास्थ्य शिविर आयोजना गरिएको जनाएको छ। शिविरमा ३९९ जनाले सेवा लिएका थिए। शिविर पाँचमुखी चौकस्थित श्री अरुणोदय आधारभूत विद्यालयको परिसरमा आयोजना गरिएको थियो।

    images

    सो शिविरको मूल उद्देश्य बाढी प्रभावित क्षेत्रका जनतालाई सहज र गुणस्तरीय उपचार सेवा प्रदान गर्नु रहेको मेडिकल कलेजले जनाएको छ।

    शिविरमा जेनरल मेडिसिन, छाला रोग, नाक-कान-घाँटी, हाडजोर्नी, दन्त रोग, बालरोग, स्त्रीरोग, रेडियोलोजी, ईसीजी, ल्याब परीक्षण तथा फार्मेसी सहितका विभागमार्फत सेवा प्रदान गरिएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend