बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नर्भिकले बढायो नर्सको तलब, स्नातक गरेका नर्सको न्यूनतम तलब ३७ हजार

नर्भिकले बढायो नर्सको तलब, स्नातक गरेका नर्सको न्यूनतम तलब ३७ हजार

images
२०८२ कार्तिक २ गते, आइतवार
२०८२ कार्तिक २ गते, आइतवार
  • काठमाडौँ। निजी क्षेत्रको अग्रणी अस्पताल नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा बृद्धि गरेको छ।

    images

    अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको न्यूनतम तलब रु ३७,००० (सैँतीस हजार) कायम गरिएको जनाएछ।

    images

    नर्भिक अस्पतालका अनुसार यो निर्णय हिजो कात्तिक १ गतेदेखि नै लागू हुनेछ। अस्पतालले चालु आर्थिक वर्षमा दोस्रो पटक पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको हो।

    अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीहरूको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरिएको जनाएको छ।

    नर्भिकले गत महिना भएको जेनजी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने क्रममा नर्सिङ तथा मेडिकल कर्मचारीहरूले देखाएको सदासयता र उच्च सेवाभावको पनि प्रशंसा गरेको छ।

    अस्पतालले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न तथा उनीहरूको हित संरक्षणका लागि निरन्तर प्रयास जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend