काठमाडौं। नेपाल आयल निगमले तिहारको बिदामा समेत आफ्ना १३ वटा डिपोहरू खुला रहने जनाएको छ।
निगमले शुक्रबार एक सूचना जारी गर्दै खुला रहने १३ वटा डिपोबारे जानकारी दिएको हो। यसपटक दिपावली अन्तर्गत भाईटीका कार्तिक ६ गते परेको छ।
निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर कात्तिक ४ र ७ गते खुला हुनेछ। मधेश प्रदेश कार्यालय अमलेखगन्ज कात्तिक ३, ४ र ८ गते खुल्ने छ।
यसैगरी बागमती प्रादेशिक कार्यालय थानकोट कात्तिक ४ र ७ गते खुला हुनेछ भने गण्डकी प्रादेशिक कार्यालय पोखरा कात्तिक ३, ५ र ८ गते खुल्ने छ।
यस्तै लुम्बिनीको भैरहवा ३, ४ र ८ गते, सुर्खेत ४ र ७ गते, धनगढी ४ र ७ गतेका दिन खुला हुनेछन्।
निगमका अनुसार चारआली डिपो ७ र ८ गते, धनुषा ५ र ७, नेपालगन्ज ४ र ८, बिरगंज ३, ४ र ८ गते, दाङ ४ र ८ तथा दिपायल डिपो कात्तिक ८ गते खुला रहने छ।



