बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

७५ वर्षीया विवीकुमारीको खुशी : धमिलो आँखा गाउँमै खुल्यो

७५ वर्षीया विवीकुमारीको खुशी : धमिलो आँखा गाउँमै खुल्यो

images
२०८२ कार्तिक १ गते, शनिवार
२०८२ कार्तिक १ गते, शनिवार
  • सर्लाही। धमिलो आँखाले मान्छे ठम्याउन नसक्ने ७५ वर्षीया विवीकुमारी मोक्तानलाई आफ्नै मान्छे कतैबाट झ्वाट्ट आउँदा कोहो कोहो जस्तो लाग्थ्यो। नजिक आएपछि बल्लतल्ल ठम्याएपछि उनी सुनाउँथिन, `आँखा धमिलो भएर ठम्याउन सकिन।´ 

    images

    तर गाउँमै आँखा शिविर आएर आँखाको मोतियाविन्दुको उपचार गरेपछि उनको धमिलो आँखा प्रष्ट देखिने भएको छ। उनले सुनाइन, `पहिले ठम्याउनै सक्दिन थें, अहिले प्रष्ट देख्छु, धमिलो आँखा गाउँमै खुल्यो।´

    images

    मोतियाबिन्दुले दुवै आँखा धमिलो भएपछि आफूलाई समस्या भएको उनले बताएकी थिइन्। 

    बिहीबार उनीसहित सर्लाहीको बागमतीमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ३६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। विवीकुमारी जस्तै धेरै जनाले शिविरबाट उपचार पाएपछि आँखा प्रष्ट देख्ने भएका छन्।

    शिविरमा ३६१ जना मोतियाबिन्दु भएका बिमारीको निःशुल्क शल्यक्रिया गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर रायमाझीले जानकारी दिए।

    असोज २५ गतेबाट सुरु भएको शिविरमा बागमतीसहित छिमेकी पालिका बरहथवा, छिमेकी जिल्ला रौतहटका चन्द्रपुरलगायत स्थानका एक हजार ७०४ जनाले आँखा जाँच गराएका थिए।

    शिविरमा फेला परेका मोतियाबिन्दुका बिमारीको बुधबार र बिहीबार दुई दिन लगाएर बागमती नगरपालिका–१२, स्थित कर्मैया स्वास्थ्य चौकी भवनमा आँखाको शल्यक्रिया सम्पन्न गरिएको हो।

    नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमती र बागमती नगरपालिकाको संयुक्त आयोजनामा शिविर आयोजना गरिएको हो।

    शिविरमा तिलगङ्गा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा श्याम ब्यासको नेतृत्वमा २२ जना चिकित्सक टोली खटिएको नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले जानकारी दिए।

    तिलगङ्गा आँखा प्रतिष्ठानले देशका विभिन्न भागमा शिविर नै चलाएर यस्ता शल्यक्रिया तथा आखाको उपचार गर्दै आएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend