बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

अमेरिकाबाट निराशा बोकेर फर्किए विपिनकी आमा र बहिनी

अमेरिकाबाट निराशा बोकेर फर्किए विपिनकी आमा र बहिनी

images
२०८२ आश्विन ३० गते, बिहिवार
२०८२ आश्विन ३० गते, बिहिवार
  • काठमाडौं। इजरायलको गाजामा हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी स्वदेश फर्किएका छन्।

    images

    विपिन जीवित रहेको अपेक्षासहित उनीहरुले इजरायलदेखि अमेरिकासम्म रिहाइका लागि पहल गरेका थिए।

    images

    तर युद्धविरामको घोषणापछि बन्दीहरुको रिहाइका क्रममा अन्तिम समयमा आएर हमासले विपिन जीवित नरहेको भन्दै सूचना दिएको थियो। बन्धक बनाइएकाहरुलाई रिहा गरेपछि हमासले मृत्यु भएकाहरूको शव बुझाउदा वीपिनको समेत शव रेडक्रसको जिम्मामा बुझाएको थियो।

    विपिनको मृत्यु भएको  पुष्टि भएपछि उनकी आमा र बहिनी बिहीबार (आज) अमेरिकाबाट फर्किएका हुन्। उनीहरू कतार एयरवेजबाट काठमाडौँ आइपुगेका हुन्।

    निराश मुद्रामा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनीहरूलाई लिन विपिनका आफन्त तथा शुभेच्छुकहरु विमानस्थल पुगेका थिए।

    विपिनको शव भने इजरायलले नेपाललाई बुझाउन प्रक्रिया अघि बढाइसकिएको जनाएको छ। विपिनको निधनको खबरपछि विश्वमा रहेका नेपालीहरुसमेत निराश बनेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend