मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दक्षिण-पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने देशमा नेपाल छैटौँ, डब्लुएचओद्वारा अवार्ड प्रदान

दक्षिण-पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने देशमा नेपाल छैटौँ, डब्लुएचओद्वारा अवार्ड प्रदान

images
२०८२ आश्विन २९ गते, बुधवार
२०८२ आश्विन २९ गते, बुधवार
  • काठमाडौं। विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने देशहरूमा नेपाल छैटौँ राष्ट्र बनेको छ। 

    images

    नेपालको यस उपलब्धिलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सम्मान गर्दै अवार्ड प्रदान गरेको छ।

    images

    श्रीलङ्कामा जारी विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एसिया क्षेत्रीय समितिको ७८ औं बैठकको अवसरमा रूबेला निवारणको सो अवार्ड प्रदान गरिएको हो।
     
    संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गोब्रेयेसस र विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यकारी प्रमुख डा. क्याथरिना बोहेमले नेपाललाई रूबेला निवारणको अवार्ड प्रदान गरेका हुन्।

    यसअघि दक्षिण एसियाका पाँच मुलुकले रुबेला निवारण गरिसकेका छन्। नेपालले गत अगष्टमा निवारणकाे घाेषणा गरेकाे थियाे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend