मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक

विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक

images
२०८२ आश्विन २६ गते, आइतवार
२०८२ आश्विन २६ गते, आइतवार
  • काठमाडौं। हमासद्वारा दुई वर्षदेखि बन्धक बनाइएका ब्यक्तिहरुको सुचीमा नेपालका युवा विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ।

    images

    हमास र इजरायलबिचको युद्धविरामपछि सोमबार पहिलो चरणमा बन्धक गरिएका केही ब्यक्ति रिहा हुने भएका छन्।

    images

    हमासले गाजामा बन्धक बनाएका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको हो। उक्त सूचीमा नेपालका विपिन जोशीको नाम पनि समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    यसअघि विपिनसहित २ जनाको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो। तर अहिले टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा विपिन पनि रहेको दाबी गरिएको छ।

    शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा छ। इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। 

    हमासको जीवित बन्धकको सुचीमा जोशीको नाम रहेको दाबीपछि नेपालमा खुसी छाएको छ। उनी अब सकुशल फिर्ता आउने अपेक्षामा देश छ। 

    विपिनसँगै जीवित ठानिएकामा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ-चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर, मातान जंगाउकर रहेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend