बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

आठ दिन ढिला गरि नेपालबाट बाहिरियो मनसुन, अब पानी पर्दैन?

आठ दिन ढिला गरि नेपालबाट बाहिरियो मनसुन, अब पानी पर्दैन?

images
२०८२ आश्विन २४ गते, शुक्रवार
२०८२ आश्विन २४ गते, शुक्रवार
  • काठमाडौं। नेपालबाट यस वर्षको मनसुन आठ दिन ढिला गरी बाहिरिएको छ।

    images

    नेपालबाट सरदरमा २ अक्टोबरमा मनसुन बाहिरिने गरेको भए पनि यस वर्ष आठ दिन ढिला गरि नेपालको सम्पूर्ण भू-भागबाट अक्टोबर १० (आज) देखि मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    गत असोज २० गते अर्था अक्टोबर ६ तारिखका दिन सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट यस वर्ष मनसुन वहिर्गमनको सुरुवात भएको महाशाखाले जनाएको हो।

    नेपालबाट मनसुनको बहिर्गमन भएतापनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहन सक्ने महाशाखाले जनाएको छ। स्थानीय र पश्चिमी वायुको प्रभावले कतैकतै वर्षा भने हुनसक्छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend