बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

यी चार प्रदेशमा हुनेछ पश्चिमी वायुको प्रभाव, पानी पर्छ?

यी चार प्रदेशमा हुनेछ पश्चिमी वायुको प्रभाव, पानी पर्छ?

images
२०८२ आश्विन २४ गते, शुक्रवार
२०८२ आश्विन २४ गते, शुक्रवार
  • काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज चार वटा प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको बताएको छ।

    images

    विभागले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी वायू तथा स्थानीय वायूको कमजोर प्रभाव रहेको जनाएको हो।

    images

    आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने विभागले जनाएको छ।

    यसैगरी कोशी प्रदेश, र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको महाशाखाले भनेको छ।

    यस्तै आज राती कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend