बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बाढीपहिरोले क्षतिग्रस्त बनाएको विपी राजमार्गमा पुगे कुलमान

बाढीपहिरोले क्षतिग्रस्त बनाएको विपी राजमार्गमा पुगे कुलमान

images
२०८२ आश्विन २३ गते, बिहिवार
२०८२ आश्विन २३ गते, बिहिवार
  • काठमाडौं। बाढीपहिरोले क्षतिग्रस्त बनाएको विपी राजमार्ग संचालनका लागि पहल गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ आफैँ क्षतिग्रस्त स्थानमा पुगेका छन्।

    images

    बाढीपहिरोले क्षतिग्रस्त बनाएको विपी राजमार्गलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउनेगरी काम गर्न उनले निरिक्षणका क्रममा निर्देशन पनि दिएका छन्। घिसिङ बिहीबार सडक विभाग र निर्माण व्यवसायीसँगै प्रभावित क्षेत्र पुगेका हुन्।

    images

    उनले अनुगमनका क्रममा संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न पनि सडक विभाग र निर्मान कम्पनीसँग आग्रह गरे।

    अनुगनमा मन्त्री घिसिङसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायतको टोली छन्।

    गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे—नेपालथोक खण्ड क्षति पुर्याएको थियो। उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा पुनः यस वर्षको बाढीले करिब चार किलोमिटर सडक पूर्ण रुपमा बगाएको थियो।

    गत वर्षको बाढीले क्षति पुर्याएको सडक स्थायी रुपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लगाइसकेको छ भने केही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend