काठमाडौँ। असोज १७ गते शुक्रबार रातिदेखिको वर्षाले देशभर ६० जनाको ज्यान गएको छ।
पछिल्लो विवरण अनुसार देशभर वर्षाका कारण बाढी तथा पहिरोमा परेर ६० जनाको मृत्युु भएको सशस्त्र प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा १९ जना पुरुष, २६ महिला र १५ जना नाबालक छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार इलाममा मात्र पुरुष १३, महिला १४ र नाबालक १० गरी ३७ जनाको मृत्युु भएको हो।
यसैगरी पाँचथरमा पुरुष ३, महिला ४ र नाबालक १ गरी ८ जनाको निधन भएको छ। उदयुपुरमा महिला २ र नाबालक एक गरी ३, खोटाङमा पुरुष २ र सुनसरीमा १ जना पुरुषको निधन भएको छ।
यस्तै रौतहटमा १ महिला र २ नाबालक गरी ३ जना, मोरङ, सिन्धुली र महोत्तरीमा १/१ जना महिलाको निधन भएको छ। सिन्धुपाल्चोकमा १ नाबालकको ज्यान गएको छ भने काभ्रेपाञ्चोकमा २ महिलाको शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ।



