काठमाडौं। नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिएको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार आज असोज २० गतेदेखि यसवर्षको मनसुन देशको पश्चिमी क्षेत्रबाट बाहिरिएको हो।
महाशाखाका अनुसार नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको छ।
नेपालमा हरेक वर्ष प्रायजसो जुन १ मा मनसुन भित्रने र भित्रीएको एक सय दिनपछि मनसुन बाहिरिने गरेको मौसमविदहरु बताउँछन्।



