बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

आज कहाँ कस्तो हुनसक्छ मौसम?

आज कहाँ कस्तो हुनसक्छ मौसम?

images
२०८२ आश्विन १९ गते, आइतवार
२०८२ आश्विन १९ गते, आइतवार
  • काठमाडौं। हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ।

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश स्थाहरुमा पु्र्ण बदली रही बागमती प्रदेश, लु्म्विनी प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागहरुमा आँशीक बदली रहने छ। 

    images

    यस्तै कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

    आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

    यसैगरी आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

    कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका लगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

    यस्तै राती कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend