मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विपद् बारे सूचना लिनेदिने नयाँ प्रविधिको परिक्षण सुरु

विपद् बारे सूचना लिनेदिने नयाँ प्रविधिको परिक्षण सुरु

images
२०८१ भाद्र २३ गते, आइतवार
२०८१ भाद्र २३ गते, आइतवार
  • काठमाडौँ। विपद् बारे सूचना आदान प्रदान गर्न सकिने नयाँ प्रविधिको परिक्षण धादिङ्गका तीन स्थानीय तहमा सुरु गरिएको छ।

    images

    धादिङ्गको निलकण्ठ नगरपालिका, बैरेनी र बेनीघाट रोराङ्ग गाउँपालिकामा थाईल्याण्डमा रहेको एसियन इन्टीच्युड अफ टेक्नोलोजी (एआईटी) विश्वविद्यालयका प्राध्यापक डा. इन्द्रजीत पलले प्रतिपादन गरेको विपद्को सूचना आदान प्रदान गर्ने क्रिस्टा एपमार्फत परिक्षण सुरु गरिएको हो।

    images

    विपद् जोखिम न्यूनीकरण सञ्चार समाजले काठमाडौमा शनिबार आयोजना गरेको कार्यक्रममा त्यस प्रविधि लागू गर्ने परियोजनाकी कार्यक्रम अधिकृत युरिसा उपाध्यायले विपद् बाट  हुने क्षति न्यूनीकरण गर्न आफूहरुले लागू गर्न लागेको प्रविधिले ठूलो सहयोग गर्ने दाबी गरिन।

    क्रिस्टा एपको प्रयोग गरेर विपद्को सूचना जुनसुकै व्यक्तिले सम्बन्धित निकायमा दिन सक्ने र सम्बन्धित निकायले त्यसैका आधारमा प्रतिकार्य वा उद्धारका कार्य प्रभावकारी रुपमा सम्पादन गर्न सक्ने उनको भनाई छ।

    उपाध्यायका अनुसार सो प्रविधिको प्रयोग गर्न सम्बन्धित निकाय (स्थानीय प्रहरी कार्यालय वा पालिकाको कार्यालय) मा सामान्य सुचना प्रणाली जडान गरिन्छ। त्यसपछि सम्बन्धित क्षेत्रका बासिन्दालाई एप डाउनलोड गर्न लगाईन्छ। त्यसपछि सम्बन्धित क्षेत्रमा कुनै पनि विपद्का घटनाको संकेत, सूचना, जानकारी केही भएमा थाहा पाउनेले तत्काल फोटो र अक्षरमा एप मार्फत् जानकारी गराउन सक्छ । थाहा पाउने व्यक्तिले ती विवरणहरु पठाउने वित्तिकै उद्धार टोली रहेको ठाउँमा आपत्कालीन संकेत जान्छ।

    त्यही सूचना, संकेत, फोटो र विवरणहरुका आधारमा उद्धार सामग्रीहरुसहित उद्धार टोली तत्काल घटनास्थलमा पुग्न सक्छ। फोटो वा सूचना तथा जानकारी दिँदा घटनाको अवस्था र आवश्यक सामग्रीहरु यकिन गर्न सजिलो हुने भएकाले पनि यसको प्रभावकारीता हुने उपाध्यायको भनाई छ।

    यो प्रविधिको प्रयोग गर्दा स्थानीय बासिन्दा वा प्रत्यक्षदर्शीहरुले विवरण पठाउन सजिलो हुने, प्राप्तकर्तालाई घटनाको बस्तुस्थीति बढी थाहा हुने, विवरणहरु विश्वसनीय हुने, विवरणहरुको परिक्षण गर्न सजिलो हुने, सुचनादाताले पठाएको फोटो वा विवरणका आधारमा जिपिएस मार्फत घटनास्थल पनि सजिलै एकिन हुने, घटनास्थलको फोटो र विवरणका आधारमा उद्धार सामग्रीहरुको आवश्यकता पहिचान गर्न सजिलो हुने अन्तरक्रियामा सहभागी पत्रकार सुरेन्द्र पाण्डेले अनुभव सुनाए।

    यसले सूचना आदान प्रदानलाई प्रभावकारी बनाउनुका साथै तत्काल उद्धार कार्यमा जान पनि मार्गदर्शन गर्ने अर्का पत्रकार जीवन भण्डारीको बुझाई छ। उद्धार कार्यमा चाँडो जान र उद्धार कार्यलाई प्रभावकारी बनाउन मार्गदशन गर्ने भएकाले यसबाट क्षती न्यूनीकरणमा पनि ठूलो सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। सो प्रविधिबाट कुन कुन ठाउँमा विपद्का घटना भएका छन् भनेर हेर्न मिल्ने र त्यही अनुसार आफूले सतर्कता अपनाउन सकिने भएकाले पनि यो निकै उपयोगी हुने भण्डारीको ठहर छ।

    कार्यक्रममा पत्रकारहरु सरोज कोईराला, यम विरही, टिएन घिमिरे, नवराज पाण्डे, महेश गौतम, गोपालजंग थापा, भूवन शर्मा, सन्देश अर्याल लगायतले सो प्रविधि निकै उपयोगी र प्रभावकारी हुने देखिएकाले देशभरीका सबै पालिकाहरुमा लागू गर्न सुझाव दिएका थिए।

    उनीहरुले यस प्रविधिलाई सरकारी निकायले नै स्वामित्व लिएर लागू गराउनु पर्नेमा पनि जोड दिएका थिए।

    विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले लामो अनुसन्धानपछि तयार पारेको क्रिस्टा प्रविधिलाई जनधनको क्षती न्यूनीकरण गर्न सहयोगी हुने मुल्यांकनसहित विश्व बैंकले समेत पुरस्कृत गरेको छ।

    अन्य धेरै अन्तर्राष्ट्रिय निकायहरुले पनि यसलाई नयाँ अवधारणा र नवप्रवर्तनको रुपमा मान्यता दिएर अवलम्बन गर्न प्रोत्साहित गरेको कार्यक्रम अधिकृत उपाध्यायले जानकारी दिइन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend