काठमाडौं। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्साको बिरगंज र रौतहटको गौरमा वर्षाले सतर्कता तह पार गरेको भन्दै सुरक्षित रहन सर्वसाधारणमा आग्रह गरेको छ।
वर्षाको मात्रा बढ्दै गएसँगै पर्साको बिरगंज, रौतहटको गौर, बाराको कलैया र रौतहटको महेशपुरमा रहेका जलमापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको प्राधिकरणले जनाएको छ।
`यी जलमापन केन्द्र आसपास र नारायणी, बागमती र लालबकैया नदी किनारका बासिन्दालाई सावधान रहन तथा डुबान हुनसक्ने क्षेत्रबाट उच्च स्थानमा जानु हुन अनुरोध छ।´ प्राधिकरणले भनेको छ।




