काठमाडौं। हिन्दु नेपालीहरूको महान पर्व दशैँको आज तेस्रो दिन पनि मान्यजनहरुबाट टीका थाप्ने क्रम जारी छ।
आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसादका स्वरूप आफन्ततथा मान्यजनबाट टीका थाप्ने र आशीर्वाद लिने प्रचलन छ। यो क्रम दशमीको दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।
पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन छ।



