बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

३५ जिल्लामा बाढी पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन अनुरोध

३५ जिल्लामा बाढी पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन अनुरोध

images
२०८२ आश्विन १६ गते, बिहिवार
२०८२ आश्विन १६ गते, बिहिवार
  • काठमाडौं। जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि २० गतेसम्म बाढी पहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

    images

    विभागले कर्णाली, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने तथा नारायणी, बागमती, कर्णाली र कोशी नदीमा बहाव अत्यधिक बढ्ने आकलन गरिएको छ।

    images

    यो चार दिनमा विशेषगरी बाढीपहिरो प्रभावित काठमाडाैं उपत्यका, धादिङ, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, काभ्रे, ललितपुर, कास्की, पर्वत, बागलुङ, गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, रोल्पा, सल्यान, रुकुम (पूर्व र पश्चिम), सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, कालिकोट, हुम्ला, मुगु, बझाङ, डोटी, अछाम, बैतडी, डडेल्धुरा र कञ्चनपुर जिल्लामा पहिरो तथा बाढी–पहिरोको सम्भावना उच्च रहेको हुँदा सतर्कता अपनाउन र पूर्वतयारी तथा पुर्वकार्य गर्न अनुरोध गरिएको हो।

    विभागले वर्षा र बाटोको अवस्था हेरेर सवारीसाधन संचालनमा रोक लगाउने बारे निर्णय लिन जिल्ला विपद ब्यवस्थापन समितिलाई आग्रह गरेको छ भने उल्लेखित अवधीमा अत्यावश्यक नपरी सम्भव भएसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ।

    यसैगरी पहिरोको सम्भावना रहेका तथा नदी किनारका बस्तीलाई उच्च सतर्कता अपनाउन, बाढी हुने सम्भावित स्थानहरूबारे स्थायी (अग्लो) र सुरक्षित स्थान बारे जानकारी लिन र अरुलाई पनि जानकारी दिन आग्रह गरेको छ।

    तीनै तहका सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायतलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्ग र सडकहरूमा तत्कालै परिचालन हुनेगरी डोजर, एक्साभेटर, लोडर लगायतका साधनहरूलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend