बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

दशैँ सुरक्षा : ५० हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट पनि निगरानी

दशैँ सुरक्षा : ५० हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट पनि निगरानी

images
२०८२ आश्विन १२ गते, आइतवार
२०८२ आश्विन १२ गते, आइतवार
  • काठमाडौं। नेपालीहरूको महान पर्व दशैँ लगायतका चाडपर्वलाई लक्षित गर्दै देशभर ५० हजार सुरक्षाकर्मी परिचालन भएका छन्।

    images

    नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि भन्दै देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको हो। सुरक्षाकर्मीको भौतिक उपस्थिति बाहेक ड्रोनबाट समेत सुरक्षा निगरानी हुनेछ।

    images

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डीआईजी विनोद घिमिरेले विशेष चाडपर्व सुरक्षा योजना बनाएरै देशभरका सुरक्षा युनिटबाट दशैँसहितका चाडपर्वमा करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए। 

    “भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि शान्तिसुरक्षा अमनचयन कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वय र नागरिकसँग हातेमालो गर्दै सुरक्षाको प्रबन्ध गरेका छौँ, सम्भावित जोखिम क्षेत्रसमेत पहिचान गरी ड्रोनबाटसमेत विशेष निगरानी हुँदैछ”, प्रहरी प्रवक्ता घिमिरेले भने।

    यसैगरी तालिमप्राप्त कुकुरको समेत आवश्यकता अनुसार परिचालन गरिएको छ भने सादा पोसाकमा पनि प्रहरी परिचालन गरिएको छ।

    चाडपर्वमा हुन सक्ने लुटपाट, चोरी, डकैती जस्ता घटना हुनसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन पनि प्रहरीले सबैमा अनुरोध गरेको छ।

    दशैँमा काठमाडौँ उपत्यकामा मात्रै छ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने र आवश्यकताअनुसार थप जनशक्ति परिचालन गरिने प्रहरीले जनाएको हो।

    सुरक्षाका लागि परिचालन हुने सुरक्षाकर्मीले मुख्यगरी सवारीसाधनको आवागमन सहज बनाउने तथा चाडपर्वमा हुने भेला, जमघटमा मदिरा खाएर होहल्ला, झगडा गर्ने तथा चोरी तस्करीलगायत आपराधिक घटना बढी हुने भएकाले त्यसतर्फ विशेष निगरानी गर्नेछन्।

    यस्तै, कालोबजारी र तोकिएभन्दा बढी सावारी भाडा लिनेलगायत गतिविधिको पनि निगरानी हुने प्रहरीले बताएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend