बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मतदाता नामावलीमा नाम दर्ता गर्न के गर्ने?

मतदाता नामावलीमा नाम दर्ता गर्न के गर्ने?

images
२०८२ आश्विन १० गते, शुक्रवार
२०८२ आश्विन १० गते, शुक्रवार
  • काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न कात्तिक ३० गतेसम्मको समय निर्धारण गरेको छ।

    images

    निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको निर्वाचन प्रयोजनका लागि कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाएको हो।

    images

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, १६ वर्ष उमेर पुगी नागरिकता प्राप्त गरेका तर यस अघि नामावलीमा नाम समावेश नभएका नागरिकले सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ देखि बेलुका ६ बजेसम्म प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सक्नेछन्। 

    यसैगरी आयोगको बेवसाइटबाट पनि रजिष्ट्रेसन गर्न सकिने र बायोमेट्रिक दिनुपर्ने प्रवक्ता भट्टराईले भनेका छन्।

    आयोगका अनुसार निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएर मतदाता नामावलीमा नाम दर्ता गरेका नागरिकले निर्वाचनमा भोट हाल्न पाउनेछन्।

    “१६ वर्ष उमेर पुगेका नागरिकले तोकिएको समयमा मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने कानुनी ब्यवस्था छ, निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पूरा हुने ब्यक्ति मतदान गर्न योग्य हुन्छन्।” भट्टराईले भने।

    यसैगरी मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा कानुन बमोजिम मतदाता हुने योग्यता पुगेका नेपाली नागरिकहरुले आफ्ना नाम दर्ता गर्न सक्ने व्यवस्थाका अतिरिक्त विवाह भई अन्यत्र गएका, बसाइँ सराई गरेका मतदाताले ठाउँसारी गर्न सक्ने र नाम तथा अन्य विवरणमा त्रुटि भएमा संशोधन गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले भनेको छ।

    जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तोकेको छ। सो निर्वाचनमा आगामी फागुन २० गते १८ वर्ष पूरा भएका व्यक्तिले मतदान गर्न पाउनेछन्।

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend