बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

`क्षतिग्रस्त भवन परीक्षण बिनै रङ्ग रोगन गरी प्रयोग नगर्नु´

`क्षतिग्रस्त भवन परीक्षण बिनै रङ्ग रोगन गरी प्रयोग नगर्नु´

images
२०८२ आश्विन ६ गते, सोमवार
२०८२ आश्विन ६ गते, सोमवार
  • काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोल्नका क्रममा क्षतिग्रस्त बनेका भवनको प्राविधिक परीक्षण नगरी प्रयोग नगर्न अनुरोध गरेको छ।

    images

    प्राधिकरणले सोमबार जारी गरेको सूचनामा क्षतिग्रस्त बनेका भवनको प्राविधिक परीक्षण नगरी प्रयोग नगर्न सबैमा अनुरोध गरेको हो।

    images

    प्राधिकरणका प्रवक्ता शान्ति महतले हाल परीक्षण बिनै रङ्ग रोगन गरी प्रयोग गर्ने कार्य भइरहेको भन्दै त्यसो गर्दा झन् जोखिम हुनसक्ने भएकाले प्राविधिक परीक्षणबाट उपयुक्त छ भन्ने यकिन भएपछि मात्रै प्रयोग गर्न अनुरोध गरिएको जानकारी दिए।

    उनले बढी क्षति भएका संरचनाको भने संरचनात्मक अवस्था मूल्याङ्कन नगरी रङ्ग रोगन नगर्न र नगराउन पनि अनुरोध गरिएको बताए।

    प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, “बढी क्षति भएका भवनको संरचनात्मक अवस्था मूल्याङ्कन नगरी रङ्ग रोगनसमेत नगर्नु/नगराउनु हुन आग्रह गर्दछौँ ।”

    प्रहरीको प्रारम्भिक विवरणमा जेनजी प्रदर्शनमा ६०० भन्दा बढी भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ भने एक हजार ५०० बढी भवनमा आंशिक क्षति पुगेको छ।

    प्राधिकरणले क्षतिको मूल्याङ्कनका लागि प्रारूप तयार पार्न सरोकारवाला निकायको सहभागितामा समिति गठन गरेर काम थालिसकेको जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend