बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

शिक्षा मन्त्री पुनले भने : `मन्त्रालयमा नै सुत्छु, एउटा खाट राखिदिनु´

शिक्षा मन्त्री पुनले भने : `मन्त्रालयमा नै सुत्छु, एउटा खाट राखिदिनु´

images
२०८२ आश्विन ६ गते, सोमवार
२०८२ आश्विन ६ गते, सोमवार
  • काठमाडौं। नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्ना लागि मन्त्रालयमा नै सुत्ने कोठा र एउटा खाटको ब्यवस्था गरिदिन आग्रह गरेका छन्।

    images

    मन्त्री पदको सपथपछि पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री पुनले शिक्षा मन्त्रालयका सचिवलाई आफुलाई क्वाटर नचाहिने भन्दै मन्त्रालयमा नै एउटा खाट, टेबल र कुर्सीको ब्यवस्था गरिदिन आग्रह गरेका हुन्।

    images

    संचारकर्मीहरुले सेवा सुविधा लिनु हुन्छ कि हुन्न भन्नेर गरेको प्रश्नमा मन्त्री पुनले जवाफ दिंदै भने, `मलाइ क्वाटर चाहिंदैन, यही एउटा कोठामा खाट हाल्दिए हुन्छ, म जहाँ काम गर्छु, त्यही बस्छु, आविष्कार केन्द्रमा पनि म त्यही बस्थें, यहाँ पनि एउटा खाट, टेबुल र कुर्सी राख्दिए हुन्छ, म आफैँ खाना बनाउँछु।´ मन्त्री पुनले भने।

    यसैगरी मन्त्री पुनले आफुले मन्त्रालयको सवारीसाधन मन्त्रालयको र सरकारी काममा बाहेक प्रयोग नगर्ने पनि बताए। 

    यस्तै उनले आफुलाई उपलब्ध गराइएको सुरक्षाकर्मीलाई पनि मत्रालय भित्र मात्रै राख्ने भन्दै बाहिर सुरक्षाकर्मी नचाहिने बताए।

    `सपथ लिएर आउँदा दुई जना भाइहरु एक जना प्रहरी र एकजना सेनाका रहेछन, मैले उहाँहरुलाई माथिल्लो निकायमा भन्नू भनेको छु, मसँग बाहिर अघिपछि हिड्नु पर्दैन, मन्त्रालयमा नै बसेहुन्छ।´ मन्त्री पुनले भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend