बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

दशैंमा नागढुंगा सुरुङ्गमार्गबाट यात्रुवाहक सवारीसाधन चल्ने, मन्त्री घिसिङको ७ बुँदे निर्देशन

दशैंमा नागढुंगा सुरुङ्गमार्गबाट यात्रुवाहक सवारीसाधन चल्ने, मन्त्री घिसिङको ७ बुँदे निर्देशन

images
२०८२ आश्विन ४ गते, शनिवार
२०८२ आश्विन ४ गते, शनिवार
  • काठमाडौं। दशैं नजिकिंदै गर्दा देशका विभिन्न स्थानमा सडक अबरुद्ध हुनथालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले यातायात व्यवस्थापन र सडक सुरक्षाका विषयमा शनिबार सरोकारवालासँग छलफल गरेका छन्।

    images

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री रहेका घिसिङले शनिबार सम्बन्धित मन्त्रालयका सचिव र सरोकारवालाहरुलाई डाकेर दशैंका समयमा नागढुंगा–सिस्नेरी–सुरुङ्गमार्गमा यात्रुवाहक सवारीसाधन चल्नेगरि ब्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

    images

    यसैगरी बैठकले काठमाण्डौ उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गहरुमा सुरक्षा व्यवस्थाका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।

    यस्तै राजमार्गहरुको कमजोर अवस्था तथा यात्रुबाहक सवारी साधनहरुको आवागमनलाई प्राथमिकता दिने बैठकले निर्णय गरेको छ। त्य्सका लागि बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर लागु हुने गरी ठुला भारबाहन सवारी साधनहरु (१२ चक्के र सोभन्दा माथि) सञ्चालनमा रोक लगाउने तथा खाध्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरु ढुवानी गर्ने सवारी साधनहरुलाई निरन्तर आवागमन हुने व्यवस्था मिलाउने निर्णय भएको छ।

    मुलुकभरीका मुख्य सडकहरुलाई चुस्त दुरुस्त राख्न, सुधार गर्न गराउन, पहिरोजन्य विपदहरुको व्यवस्थापन गर्न आवश्यक समाग्री तथा यन्त्रहरुको व्यवस्थापन गर्ने निर्णय पनि गरिएको छ।

    बैठकले बुटवल–नारायाणगढ सडकको दाउने खण्डमा २४ सै घण्टा दुई तर्फी यातायात सञ्चालन हुने वातावरण बनाउन, नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा भएको अवरोध (पहिरो) हटाई तत्काल यातायात संचालनमा ल्याउने र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी आवश्यक कार्य गराउन सडक विभागलाई निर्देशन दिएको छ।

    यसैगरी आम नागरिकहरुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सार्वजानिक सवारी साधनहरुलाई सुरक्षित तथा प्रविधिमैत्री बनाउने सम्बन्धमा कार्यविधि निर्देशिका यातायात व्यवस्था विभागलाई तयार गरी यथाशीघ्र मन्त्रालयमा पेश गर्न बैठकले निर्देशन दिएको छ।

    यस्तै बैठकले मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन २४ घण्टा नै सञ्चालन हुने गरी फोकल पर्सन समेतको व्यवस्थापन गरि कन्ट्रोल रुमको ब्यवस्थापन गर्न सडक विभागलाई निर्देशन दिएको छ।

    मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक,सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसँग छलफल गरेका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend