बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

भाटभटेनीमा भेटियो सात मानव कङ्काल, डिएनए प्रोफाइलिङ गरियो

भाटभटेनीमा भेटियो सात मानव कङ्काल, डिएनए प्रोफाइलिङ गरियो

images
२०८२ आश्विन २ गते, बिहिवार
२०८२ आश्विन २ गते, बिहिवार
  • काठमाडौं। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीमा आगो लगाएपछि जलेको अवस्थामा सात शव फेला परेको छ। ती कुनै पनि शव पहिचान हुन सक्ने अवस्थामा छैनन्। 

    images

    नेपाल प्रहरीका अनुसार भाटभटेनीमा आगजनी भएपछि सरसफाइ गर्ने क्रममा ती शव फेलापरेका थिए। शवको पहिचान गर्न सकिने अवस्था छैन भने कङ्काल मात्रै छ।

    images

    काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले भाटभटेनीमा फेला परेका ती शव पहिचान गर्नै नसकिने अवस्थामा रहेको जानकारी दिए।

    “भाटभटेनीमा सरसफाइका क्रममा सात शवको हड्डीसहितको कङ्काल फेलापरेका छन्। ती शव जलेर चिनिने अवस्थामा छैनन्, अहिले ती शवको डीएनए प्रोफाइलिङ गरेर राखिएको छ, परिवारका सम्बन्धित ब्यक्ति सम्पर्कमा आएपछि डीएनए म्याच गरेर पहिचान गर्न सकिन्छ।” प्रहरी वरिष्ठ उपरीक्षक खनालले भने।

    कोटेश्वरस्थित भाटभटेनीमा बुधबार फेला परेको एक शवको भने पहिचान खुलेको छ। सो शव रामेछाप जिल्ला खाँडादेवी–६ का विकास रसाइलीको भएको प्रहरी बताउँछ। रसाइलीको शवको सनेत कङ्काल फेलापरेको थियो।

    शवलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ। त्यसपछि मात्रै परिवारलाई शव हस्तान्तरण गरिने छ। जेन-जी आन्दोलनमा कुल ७४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    आन्दोलनका क्रममा मृत्यु भएका अन्य ब्यक्तिहरुको शव भने पोस्टमार्टम गरेर परिवारलाई बुझाइसकिएको उनले जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend