बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सरकारले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियान सुरु गर्न लागेको हो?

सरकारले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियान सुरु गर्न लागेको हो?

images
२०८२ आश्विन १ गते, बुधवार
२०८२ आश्विन १ गते, बुधवार
  • काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ बुधबार जेन-जी आन्दोलनका क्रममा आगजनी भएका विभिन्न संरचनाको निरिक्षणमा निस्किए। उनले सिंहदरबारदेखि सर्वोच्च अदालत र संसद भवनको आगजनीपछिको अवस्था हेरे। 

    images

    सोहीक्रममा उनले सिंहदरबार परिसर भित्र जलाइएका सवारीसाधन अन्यत्र लगेर ब्यवस्थापन गर्न कर्मचारीहरुलाई निर्देशनसमेत दिए।

    images

    यस्तै उनले सिंहदरबार भित्रैबाट एउटा अर्को सन्देश पनि दिएका छन कि अब सरकारले आगजनीमा परेर ध्वस्त भएका भौतिक संरचनाको पुनर्निर्माण नेपालीको आफ्नै लगानीबाट गरिने छ।

    मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गरिने स्पष्ट गरेका हुन्। तर यो अभियान कहिलेदेखि सुरु हुने भन्ने बारे भने उनले केही खुलाएका छैनन्। 

    उनले आन्दोलनका कारण देशभर भएका क्षतीको विवरण संकलन गरेर छिट्टै सार्वजनिक गर्ने बारे भने सरकारले काम गरिरहेको उनले बताए।

    घिसिङ भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्रीको समेत जिम्मेवारीमा छन्। 

    उनले सिंहदरबार भित्र आगजनी गरिएका सवारीसाधनले सिंहदरबार कुरुप देखिएको भन्दै भने, “कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा काम गर्दै गरौँला तर बाहिरी भागलाई कुरुप हुन दिनुभएन, यथासक्य छिटो राम्रो बनाऔँ, क्षति पुगेका सवारीसाधन यत्रतत्र छरिएर सिंहदरबार परिसर कुरुप देखिएको छ, अब सकारात्मक सन्देश दिन पनि तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गरौँ।”

    उनले  विनासबाट उठ्यौँ भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारीसाधन तुरुन्त हटाउने र क्षतिको मूल्याङ्कन तत्काल गर्ने काममा जुट्न निर्देशन पनि दिए।

    सहरी विकास मन्त्रालयले मातहतका संरचनमा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको मन्त्री घिसिङले बताएका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend