काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजेका लागि तय गरेको छ। समितिले पुर्व मोहडा बनाएर टीक लगाउनु उत्तम हुने जनाएको छ।
समितिले मंगलबार २०८२ सालको बडादशैँसँग सम्बन्धित साईतहरु सार्वजनिक गरेको हो। जसअनुसार असोज ६ गते सोमबार नवरात्र प्रारम्भ हुनेछ। सोही दिन घटस्थापनाका लागि बिहान ९:१३ बजेको साइत तय गरिएको छ।
यसैगरी असोज १३ गते सोमबार फूलपाती परेको छ। सो दिनमा तुलजा भवानी यात्रा बिहान ७:१७ बजे र स्थिरासन विहान ९:२३ बजेला लागि तय भएको छ।
यस्तै असोज १४ गते महाअष्टमी तथा कालरात्री, १५ गते महानवमी तथा १६ गते विजयादशमी तय भएको समितिद्वारा जारी सूचनामा उल्लेख छ। सोही दिन विहान ९:२३ बजेका लागि देवी विसर्जनको समय निर्धारण भएको छ। देवी विसर्जन पश्चात् टीक ग्रहण हुनेछ।
दशैंको कोजाग्रत पुर्णिमा असोज २० गते सोमबार परेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।




