मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्रीको वचन : कुल ११ मन्त्री, एक मन्त्रीलाई `डबल´ मन्त्रालय

प्रधानमन्त्रीको वचन : कुल ११ मन्त्री, एक मन्त्रीलाई `डबल´ मन्त्रालय

images
२०८२ भाद्र ३१ गते, मंगलवार
२०८२ भाद्र ३१ गते, मंगलवार
  • काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले एक जना मन्त्रीआई क्षमता हेरेर डबल मन्त्रालयको जिम्मेवारी दिने वचन गरेकी छन्।

    images

    भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि आन्दोलनकारीहरूको प्रस्तावअनुसार कार्की नेपालको ४२औं प्रधानमन्त्री नियुक्त भएकी थिइन्। उनले बिबिसी नेपालीसँगको अन्तर्वार्ताका क्रममा आफू नेतृत्वको मन्त्री मण्डलमा १० देखि ११ मन्त्रालय मात्रै राख्ने बताएकी हुन्।

    images

    `मन्त्री परिषदमा १० देखि ११ जना राख्छौं, छोटो मिठो बनाउछौं, अहिले मन्त्रालयको संख्या २५ छ क्यारे, डबल डबल हुनेगरी कसमा के क्षमता छ, त्यही क्षमता हेरेर गर्ने विचार छ।´ बिबिसीलाई आफ्नो अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्री कार्कीले भनेकी छन्।

    उनले आफुले निर्वाचन गराउनेसम्मको म्यान्डेट पाएको बताउँदै शुसाशन र भ्रष्टाचार नियन्त्रणको विषय आफ्नो दायरामा रहेको बताइन्। यस्तै प्रधानमन्त्री कार्कीले आफू नेतृत्वको सरकारमा कुनै राजनीतिक दलमा नलागेको ब्यक्तिलाई मन्त्री बनाउने र समावेशीतालाई ध्यान दिइने पनि बताइन्।

    `मन्त्रीका लागि नाम त थुप्रै आएका छन्, समावेशीतालाई ध्यान दिएर मन्त्रीपरिषद विस्तार हुन्छ, त्यस्तो ब्यक्ति राजनीतिमा नलागेको, कुनै संस्थाहरुमा काम गरेको हुनसक्छन्।´ प्रधानमन्त्री कार्कीले भनिन्।

    गत शुक्रबार प्रधानमन्त्री नियुक्त कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएकी थिइन् भने उनले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन्। ती मन्त्रीलाई सोमबार राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ दिलाइसकेका छन्।

    जसअनुसार रामेश्वर खनालले अर्थ, कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, ओमप्रकाश अर्यालले गृह, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।

    योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् ४ सदस्यीय भएको छ भने अब उनले भने अनुसार भएमा अझै ७ जनालाई मन्त्री बनाउने ठाउँ बाकीँ छ। 

    मन्त्रिपरिषद् विस्तारकै लागि प्रधानमन्त्री कार्कीले मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रतिष्ठानका कार्यकारी निर्देशक वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी थिइन्।

    तर प्रधानमन्त्री कार्कीले सरकारमा सहभागी हुन गरेको आग्रहलाई डा. रुइतले अस्वीकार गरेका छन्। उनले आफू बिरामीको सेवामानै सक्रिय रहने सन्देश संचारकर्मीहरु मार्फत दिइसकेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend