बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सेनाले ६ जनाको शव हवाइ साधनमार्फत गृह जिल्ला पुर्यायो, मृतकको संख्या ७१

सेनाले ६ जनाको शव हवाइ साधनमार्फत गृह जिल्ला पुर्यायो, मृतकको संख्या ७१

images
२०८२ भाद्र ३१ गते, मंगलवार
२०८२ भाद्र ३१ गते, मंगलवार
  • काठमाडौं। जेन-जी प्रदर्शनका क्रममा मृत्यु भएका ६ जनाको शव मंगलबार नेपाली सेनाको विमान तथा हेलिकप्टरमार्फत मृतकको गृह जिल्लामा पुर्याइएको छ।

    images

    महाराजगन्जस्थित शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर ६ वटा शव सेनाले विमान तथा हेलिकप्टर मार्फत मंगलबार सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा पुर्याएको हो। यी  जिल्ला मध्ये उदयपुरका दुई जनाको मृत्यु भएको थियो।

    images

    `भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ६ जना व्यक्तिहरुको शव सामाजिक परम्परा अनुसार अन्तिम संस्कारका लागि मृतकका परिवारका सदस्यहरु सहित नेपाली सेनाको हवाई साधनद्वारा पूर्वका सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लाहरुमा लगिएको छ।´ सेनाले भनेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका ब्यक्तिहरुको आफ्नो जिल्लामा शव लैजान चाहेमा निःशुल्क रूपमा पठाउने निर्णय गरेको थियो।

    भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेका सङ्ख्या ७३ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता (डीआईजी) विनोद घिमिरेले जानकारी दिए। जसमध्ये प्रहरीतर्फ असई मिलन राय, सहायक हवलदार अमृत गुरुङ र जवान उत्तम थापाको मृत्यु भएको हो।

    नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घटनास्थलमा र अस्पतालमा उपचारको क्रममा गरेर मात्रै २१ जनाले ज्यान गुमाएका थिए।

    मृत्यु हुनेमा प्रदर्शनकारीतर्फ बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, ईस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योग बहादुर श्रेष्ठ, माधव सारुमगर, बिमल बावु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चङ्खे’ छन्।

    प्रहरीको गोली लागेर बाँके, सुनसरी लगायतका जिल्लामा पनि केही प्रदर्शनकारी मारिएका थिए।

    यस्तै लुटपाट र आगजनीका क्रममा केहीको भाटभटेनी सुपरमार्केटमा समेत शव भेटिएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend