बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा नबढ्ने

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा नबढ्ने

images
२०८२ भाद्र ३० गते, सोमवार
२०८२ भाद्र ३० गते, सोमवार
  • काठमाडौं। नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ। तर नेपाली बजारमा भने मूल्य नबढाइने निगमले भनेको छ।

    images

    यसपटक भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा ३ रुपैयाँ ४६ पैसाले बढेर आएको निगमले बताएको हो।

    images

    मूल्य बढेर आए पनि निगमले चाडबाड नजिकिएका कारण यसपटक मूल्यलाई यथावत राखेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

    आईओसीले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पठाउँने गरेको छ। उक्त सूची अनुसार निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य निर्धारण गर्दै आएको छ।

    चाडबाडका लागि मूल्य स्थिरता कायम गर्न तथा आपूर्ति सहज बनाउन यस्तो निर्णय गरिएको निगमले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend