मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

त्रिपाल टाँगेर तीन मन्त्रीको सपथ, आशा गरेका अनुहार मन्त्री बने

त्रिपाल टाँगेर तीन मन्त्रीको सपथ, आशा गरेका अनुहार मन्त्री बने

images
२०८२ भाद्र ३० गते, सोमवार
२०८२ भाद्र ३० गते, सोमवार
  • काठमाडौं। जनताले आशा गरेका ब्यक्ति नयाँ बनेको सरकारमा मन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्लाललाई मन्त्री पदको सपथ गराए।

    images

    नवनियुक्त तीन मन्त्रीलाई सोमबार शीतल निवासमा आयोजित समारोहमा त्रिपाल टाँगेर पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो।

    images

    राष्ट्रपति पौडेलले अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा कुलमान घिसिङ र गृहका साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई शपथ गराएका हुन्।

    पूर्वसचिव समेत रहेका खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका मौका पाएका हुन्। उनी अर्थशास्त्रका ज्ञाता मानिन्छन्। उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउँदा देशको अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरिएको छ।

    त्यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। घिसिङलाई नेपालमा लोडसेडिङ हटाउने मुख्य ब्यक्तिका रुपमा जनताले बुझ्ने गरेका छन्। 

    यसैगरी अधिवक्ता र जेनजी आन्दोलनका सहजकर्ता रहेका अर्याल भने गृह र कानुन मन्त्रालयको नेतृत्व पाएका छन्। उनी काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहका कानुनी सल्लाहकार थिए।

    शुशिला कार्की नेतृत्वको मन्त्रीपरिषदमा आएका यी तीन अनुहार मध्ये खनाल र घिसिङ कर्मचारी रहँदा नेपाली राजनीतिको खिचातानीको चपेटामा परेका ब्यक्ति हुन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend