काठमाडौं। जेन-जी आन्दोलनपछि प्रधानमन्त्री नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरु कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्यालको सपथ आज ११:३० बजे हुने भएको छ।
प्रधानमन्त्री कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तारका लागि पहिलो चरणमा राष्ट्रपति कार्यालयलाई तीन जनाको नाम सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले उनीहरू सपथ ११:३० बजे हुने जनाएको हो।
जसअनुसार नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाउदै छन्।
यस्तै पुर्व अर्थ सचिव रामेश्वर खनाललाई अर्थमन्त्री तथा कानुनविद् ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिनेगरी नाम सिफारिस भएको छ।



