बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सुमनाले भनिन् : मैले पार्टी छोडेँ

सुमनाले भनिन् : मैले पार्टी छोडेँ

images
२०८२ भाद्र २९ गते, आइतवार
२०८२ भाद्र २९ गते, आइतवार
  • काठमाडौं। रास्वपाकी नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्।

    images

    उनले पार्टी नेतृत्वले गल्ती नस्वीकार्दा र गल्तिमाथि थप गल्ती गरिरहेको भन्दै त्यसको बोझ सबैले बोक्नु पर्ने भन्दै प्रश्न गरेकी छन।

    images

    `कहिलै गल्ति नस्विकार्ने। गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने। पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो। यो स्विकार्य छैन। अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। I QUIT. मैले पार्टी छोडेँ।´  सुमनाले भनेकी छन्।

    उनले अगाडी भनेकी छन्। `कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस्। आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको ब्यहोराले हो। त्यो किन बोकेर बस्नु हुन्छ? अहिले सहि समय आएको छ। आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।´  उनले लेखेकी छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend