बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रधानमन्त्री कार्कीले सम्हालिन भदभार

प्रधानमन्त्री कार्कीले सम्हालिन भदभार

images
२०८२ भाद्र २९ गते, आइतवार
२०८२ भाद्र २९ गते, आइतवार
  • काठमाडौं। जेन-जी आन्दोलनपछि देशको प्रधानमन्त्रीमा नियुक्त शुशिला कार्कीले पदभार सम्हालेकी छन्।

    images

    उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आइतबार पदभार ग्रहर गर्दै जिम्मेवारी सम्हालेकी हुन्। हाल नयाँ बनेको गृह मन्त्रालयको भवनलाई  तत्कालका लागि कामकारबाही गर्ने गरि प्रधानमन्त्रीको कार्यालय बनाइएको छ।

    images

    प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेपछि आजै साँझसम्म केही मन्त्रीहरुको सपथ हुन सक्ने स्रोतले बताएको छ। 

    मन्त्री चयन गर्ने विषयमा अहिले जेन-जी समुहमा बृहत् छलफल भइरहेको छ। उनीहरुले स्वच्छ छवि भएका ब्यक्तिका विभिन्न नामलाई अनलाइन भोटिङ मार्फत मन्त्रीमा चयन गर्ने तयारी गरेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend