बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सामान्य बन्दै जनजीवन, हट्दै निषेधाज्ञा र कर्फ्यु

सामान्य बन्दै जनजीवन, हट्दै निषेधाज्ञा र कर्फ्यु

images
२०८२ भाद्र २८ गते, शनिवार
२०८२ भाद्र २८ गते, शनिवार
  • काठमाडौं। जेन-जी आन्दोलनका कारण अस्तब्यस्त बनेको देशको अवस्था नयाँ सरकार गठन भएसँगै सामान्य बन्दै गएको छ। देशभर पेशा ब्यवसाय संचालन हुन थालेपछि चहलपहल बढ्न थालेको छ।
     
    आन्दोलनपछि शान्ति सुरक्षा कायम गर्न र जनधनको सुरक्षा गर्न भन्दै देशका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु  र निषेधाज्ञा क्रमश: हट्दै गएको छ।

    images

    देशका केही स्थानमा निषेधाज्ञा र कर्फ्यु अझै जारी भएपनि क्रमश: हटाइने सुरक्षा निकायहरूले बताएका छन्। 

    images

    काठमाडौंमा शनिबार विहानैदेखि चहल पहल बढेको छ भने बजार खुलेका छन्। 

    शुक्रबार राति भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेन-जी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।

    आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्नेछ। फागुन २१ गतेलाई निर्वाचनको मिति तय गरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend