काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्वप्रधानन्यायाधिश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले आन्दोलनरत जेन-जीको मागअनुसार कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्त गरेका हुन्।
कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन्। उक्त धाराको उपधारा (४) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख छ।
त्यस्तै उपधारा (३) मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने भनिएको छ। यी दुवै धारालाई आधार बनाएर कार्कीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको हो।



