काठमाडौं। डिल्लीबजार कारागारबाट कैदी बन्दीले भाग्ने प्रयास गरेपछि नेपाली सेनाले उच्च सुरक्षा दिएर घेराउ गरेकाे छ।
कारागारभित्र आगाे लगाएर कैदी भाग्न खाेजेका थिए। कैदीबन्दी धमाधम बाहिर निस्किन थालेपछि कारागार वरिपरि उच्च संख्यामा सेना परिचालित भएका छन्।
अहिले सेनाले उनीहरुलाई भाग्नबाट रोकेका छन्। देशभर कैदीबन्दीहरु भाग्ने क्रम जारी रहँदा सेना रोक्न खटिएको छ।



