बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

लुटपाट र आगजनीमा संलग्न २७ जना पक्राउ, ३१ नाल हतियार बरामद

लुटपाट र आगजनीमा संलग्न २७ जना पक्राउ, ३१ नाल हतियार बरामद

images
२०८२ भाद्र २५ गते, बुधवार
२०८२ भाद्र २५ गते, बुधवार
  • काठमाडौं। नेपाली सेनाले लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरेको छ।

    images

    मंगलबार रातिको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्‍चात आज विहान १० बजेसम्म २७ जनालाई पक्राउ गरिएको सेनाले जनाएको छ।

    images

    `काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ।´ सेनाले जारी गरेको सूचनामा भनिएको छ।

    यसैगरी काठमाडौँको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट रु. ३३ लाख ७० हजार रकम बरामद गरिएको, काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको सेनाले भनेको छ।

    यस्तै २३ जना घाईते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको बताएको सेनाले ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भईरहेको बताएको छ।

    तस्वीर : नेपाली सेना

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend