काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
जेन-जी पुस्ताले सुरु गरेको आन्दोलनमा सोमबार सरकारले दमन गरेपछि मंगलबार बिहानैबाट प्रदर्शनकारी झनै आक्रामक भएका छन्।
प्रदर्शनकारीले बुढानिलकण्ठस्थित देउवा निवासको मुख्य गेट फुटाएर घर भित्र प्रवेश गर्दै आगजनी गरेका हुन्। अहिले देउवा निवासमा ठूलो धुँवाको मुस्लो निस्किएको छ।
प्रदर्शनकारीले आजै देउवा पत्नी आरजु राणा देउवाको धनगढीस्थित निवासमा पनि आगजनी गरिदिएका छन्।



