काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्रका सबै क्षेत्रमा कर्फ्यु लगाएको छ। सोमबार लगाएको कर्फ्युको समय अनिश्चितकालका लागि थप गर्दै चक्रपथ क्षेत्र भित्रका सम्पूर्ण स्थानमा कर्फ्यु लगाइएको हो।
सोमबार लगाइएको कर्फ्युको समय आज बिहान ५ बजेदेखि सकिएको थियो।
सो समय सकिएसँगै बिहान ८ : ३० बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।




