काठमाडौं। गृहमन्त्री रमेश लेखकले पदबाट राजिनामा दिएका छन्।
जेन-जी समूहकाे साेमबारकाे प्रदर्शनमा भएको ठूलाे हताहतीकाे विषयलाई लिएर उनकाे राजिनामा मागिएको थियाे।
सोहीक्रममा साँझ बसेकाे कांग्रेस पदाधिकारी बैठकमा समेत राजिनामाकाे लागि चर्काे दबाब आएपछि लेखक पद त्याग्न तयार भएका हुन्।
उनले सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकमा नै प्रधानमन्त्रीलाई राजिनामा बुझाएका हुन्।



