काठमाडौं। जेन-जी प्रदर्शनका क्रममा घाइते भएका अर्का एक जनाको पनि मृत्युु भएको छ।
काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत एक जना प्रदर्शनकारीको मृत्युु भएको अस्पतालका निर्देशक डा. बद्री रिजालले जानकारी दिए। उनका अनुसार घाइतेको परिचय खुलेको छैन।
यसअघि आज नै नयाँ बानेश्वरमा गोली लागेका अर्का एक ब्यक्तिको सिभिल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो।



