काठमाडौं। जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ।
नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले गोली चलाउँदा घाइते भएका ब्यक्तिको सिभिल अस्पतालमा मृत्यु भएको हो। मृतकको परिचय खुल्न सकेको छैन। ती ब्यक्तिलाई उपचारका लागि सिभिल अस्पताल पुर्याइएको थियो।
सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार अस्पतालमा ७० जना भन्दा बढी ब्यक्ति घाइते भएका छन्। घाइतेलाई सिभिल अस्पतालबाट उपचारका लागि अन्यत्रसमेत पठाइएको छ।



