काठमाडौं। जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा लगाएको कर्फ्यु सिंहदरबार र राष्ट्रपति कार्यालय आसपास पनि थप गरेको छ।
जेन- जी समूहकाे आन्दाेलन चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले महाराजगन्ज क्षेत्र , उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु थप गरेको हो।
भद्रकाली मन्दिर, पद्माेदय माेड, अनामनगर, लैनचौर, सामाखुशी खाेलासम्म र नारायणहिटी क्षेत्रमा कर्फ्यु लगाइएको हाे।
जिल्ला प्रशासन कार्यालयले साेमबार राति १० बजेसम्मका लागि कर्फ्यु आादेश जारी गरिएको जनाएको छ।
प्रशासनकाे अघिल्लो सूचना अनुसार बानेश्वर चाेकबाट बिजुलीबजार, मीनभवन, शान्तिनगर, तीनकुने, रत्नराज्य स्कुल र शंखमूलसम्मकाे क्षेत्रमा कर्फ्यू जारी गरिएको थियो।
कर्फ्यु लगाइएको क्षेत्रमा सभा, जुलुस, घेराउ, बैठकजस्ता गतिविधि गर्न नपाइने सूचनामा उल्लेख छ। जेन- जी समूहका प्रदर्शनकारीले नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गरेपछि यस्ताे आदेश दिईएकाे हाे।
प्रदर्शनका क्रममा प्रहरीले हवाई फायर समेत गरेकाे छ। प्रदर्शनमा करिब १२ हजार युवा सहभागी भएको प्रहरी प्रशासनकाे दावी छ।



