बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

काठमाडौंमा कर्फ्यु

काठमाडौंमा कर्फ्यु

images
२०८२ भाद्र २३ गते, सोमवार
२०८२ भाद्र २३ गते, सोमवार
  • काठमाडौं। जिल्ला प्रशासन कार्यालयले साेमबार रातिसम्मका लागि काठमाडौंमा कर्फ्यु आदेश जारी गरेकाे छ।

    images

    नयाँ बानेश्वर क्षेत्रमालाई लक्षित गरि राति १० बजेसम्मका लागि कर्फ्यु आादेश जारी गरिएको हाे।

    images

    प्रशासनकाे सूचना अनुसार बानेश्वर चाेकबाट बिजुलीबजार, मीनभवन, शान्तिनगर, तीनकुने, रत्नराज्य स्कुल र शंखमूलसम्मकाे क्षेत्रमा कर्फ्यू जारी गरिएको हाे।

    साे क्षेत्रमा सभा, जुलुस, घेराउ, बैठकजस्ता गतिविधि गर्न नपाइने सूचनामा उल्लेख छ। जेन- जी समूहका प्रदर्शनकारीले नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गरेपछि यस्ताे आदेश दिईएकाे हाे।

    प्रदर्शनका क्रममा प्रहरीले हवाई फायर समेत गरेकाे छ। प्रदर्शनमा करिब १२ हजार युवा सहभागी भएको प्रहरी प्रशासनकाे दावी छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend