काठमाडौं। नेपाली कांग्रेसले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा विकल्प खोज्न सरकासँग आग्रह गर्ने निर्णय गरेको छ।
आफैं सत्तामा सवार दल कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत यस्तो निर्णय गरेको हो। कार्यसम्पादन समितिको बैठक आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको थियो।
बैठकले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने निर्णय गरेको नेता बलबहादुर केसीले जानकारी दिए।
नेपालमा दर्ता नभएका फेसबुक लगायत सामाजिक सञ्जाल बन्द गरेसँगै सरकारको चौतर्फी विरोध भइरहेका बेला कांग्रेसले उक्त निर्णय गरेको हो।



