काठमाडौं। शनिबार इन्द्रजात्राका अवसरमा मुख्य कार्यक्रममा सहभागी भएका राष्ट्रपति रामचन्द्र पौडेललाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले स्वागत गरे। उनी अघिल्लो वर्ष इन्द्रजात्रामा सहभागी थिएनन्।
काठमाडौं महानगरपालिकाले हरेक वर्ष वसन्तपुरमा विशेष तयारीका साथ इन्द्रजात्रा कार्यक्रम आयोजना गर्दै आएको छ।
शनिबार वसन्तपुरमा इन्द्रजात्रामा सहभागी हुन पुगेका राष्ट्रपति पौडेललाई काठमाडौं महानगरका प्रमुख बालेनले पुष्प गुच्छासहित स्वागत गरेका हुन्। पुष्प गुच्छाले स्वागत गर्दा बालेन हँसिलो देखिन्थे।
इन्द्रजात्रामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने स्वागत गर्न बालेन देखिएनन्। ओलीको स्वागतमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ सहभागी भएका हुन्। प्रधानमन्त्री ओली र बालेनबिच मनमुटाव रहँदै आएको छ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाउने गरिएको छ।



