बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

१२ राजमार्ग पूर्ण अवरुद्ध, १६० एकतर्फी

१२ राजमार्ग पूर्ण अवरुद्ध, १६० एकतर्फी

images
२०८२ भाद्र २१ गते, शनिवार
२०८२ भाद्र २१ गते, शनिवार
  • काठमाडौं। बाढीपहिरोका कारण मुलुकभरका १२ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

    images

    शनिबार बिहानैदेखिको निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोका कारण १२ वटा राजमार्ग अबरुद्ध भएको सडक विभागले जनाएको छ।

    images

    विभागका अनुसार बाढी तथा पहिरोका कारण १६० वटा राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा रहेको विभागले भनेको छ।

    विभागका अनुसार भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडक अवरुद्ध छ।

    यस्तै जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) पनि अवरुद्ध छ।

    यसैगरी, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङ्गटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। 

    विभागका अनुसार बाढीले वरुण नदीमा डाइभर्सन बगाएको छ। यस्तै चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) पनि अवरुद्ध भएको छ।
     
    यस्तै छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर) पनि बन्द छ। कोइलाबास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउँ–थवाङ–लुकुम (शहीद मार्ग),सुर्खेत–तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक पनि अवरुद्ध छ।

    विभागका अनुसार सडक निर्माणको कार्य भइरहेकोले काठमाण्डौं–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग) पनि अवरुद्ध छ।

    यसैबिच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले मुलुकभरका अवरुद्ध राजमार्ग चाँडोभन्दा चाँडो खुलाउने प्रयास जारी रहेको बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend