बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

पीडानको सुदुरपश्चिम अध्यक्षमा शाह निर्वाचित

पीडानको सुदुरपश्चिम अध्यक्षमा शाह निर्वाचित

images
२०८२ भाद्र २१ गते, शनिवार
२०८२ भाद्र २१ गते, शनिवार
  • काठमाडौं। नेपाल औषधि थोक व्यवसायी संघ (पीडान) को सुदुरपश्चिम प्रदेश अध्यक्षमा आनन्द बहादुर शाह निर्वाचित भएका छन्।

    images

    शुक्रबार सम्पन्न सुदुरपश्चिम प्रदेश समितिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा शाह सर्वसम्मत रुपमा पुन: अध्यक्ष निर्वाचित भएका हुन्। उनी यसअघि पनि अध्यक्ष थिए।

    images

    शाहको नेतृत्वको १३ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा कमल प्रसाद उपाध्याय, उपाध्यक्षमा राजेन्द्र प्रसाद जोशी, महासचिवमा डण्डराज खनाल, कोषाध्यक्षमा दिपेन्द्र बहादुर खड्का र सचिव पदमा नरेश चौधरी निर्वाचित भएका हुन्। 

    कार्यसमितिमा अन्य सात जना सदस्य निर्वाचित भएका छन्।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend