काठमाडौं। बिरगंजमा हैजा संक्रमितकाे संख्या एक हजार नाघेकाे छ। बिहीबार साँझसम्म एक हजार २९ जना संक्रमित भएको इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखा( ईडीसीडी) काे तथ्यांक छ।
पछिल्लो चाैबीस घण्टामा त्यहाँ ४६ जना संक्रमित थपिएका छन्। संक्रमितमध्ये ९४२ जना निकाे भएको र ८७ जना अझै अस्पतामा उपचाररत रहेकाे ईडीसीडीकाे तथ्यांक छ।
बिरगंज महानगरपालिका वडा नम्बर १३ हैजाकाे हट स्पट बनेकाे छ भने हालसम्म नाैवटा वडाका वडाबासी संक्रमित भएका छन्।
भदाै २ गतेदेखि देखिएकाे हैजा हालसम्म पूर्ण नियन्त्रणमा आउन सकेकाे छैन।
बिरगंजमा हैजा संक्रमण पुष्टि हुनु अघि नै तीन जनाले ज्यान गुमाएका थिए। उनीहरुको दिशाको नमूना परिक्षण नहुँदै मृत्यु भएको थियो। तर अस्पतालमा उपचारका लागि आउदा उनीहरू झाडापखालाले गलेका थिए।



