बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

अमेरिकाले डिपोर्ट गरेका १९ नेपाली काठमाडौं आइपुगे, प्रहरीको जिम्मा लगाइयो

अमेरिकाले डिपोर्ट गरेका १९ नेपाली काठमाडौं आइपुगे, प्रहरीको जिम्मा लगाइयो

images
२०८२ भाद्र २० गते, शुक्रवार
२०८२ भाद्र २० गते, शुक्रवार
  • काठमाडौं। संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली आज साँझ काठमाडौँ आइपुगेका छन्। डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला र १७ जना पुरुष छन्।

    images

    उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको छ।

    images

    अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर उनीहरुलाई थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको जानकारी दिएका हुन्।

    यसअघि अमेरिकाबाट विभिन्न चरणमा २१५ जना नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend