बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

संचार मन्त्रालयसँग अनौपचारिक संवादमा आयो मेटा, फेसबुक बन्द होला कि नहोला?

संचार मन्त्रालयसँग अनौपचारिक संवादमा आयो मेटा, फेसबुक बन्द होला कि नहोला?

images
२०८२ भाद्र १९ गते, बिहिवार
२०८२ भाद्र १९ गते, बिहिवार
  • काठमाडौं। सामजिक सञ्जाल फेसबुकको सञ्चालक कम्पनी मेटाले नेपालमा दर्ता तथा सूचीकरण हुने प्रक्रियाका बारे सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग चासो राखेको छ।

    images

    बिहीबार (आज) मन्त्रालयले नेपाल दुरसंचार प्राधिकरणलाई फेसबुक लगायतका २६ वटा सामाजिक संजाल बन्द गर्न भन्दै पत्राचार गरेपछि आज नै मेटाका प्रतिनिधिले संचार मन्त्रीको सचिवालयसँग अनौपचारिक संवाद गरेका हुन्।

    images

    मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत कर्मचारीले मन्त्रीका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरेका हुन्। सो क्रममा नेपालमा दर्ता हुनका लागि आवश्यक कागजात बारे चासो राखेको ठाकुरले बताए।

    ‘मेटाको सिंगापुरमा कार्यरत एक कर्मचारीले मन्त्रीज्यूको पीएलाई सम्पर्क गरेर दर्ता तथा सूचीकरणका लागि आवश्यक कागजात बारे अनौपचारिक रुपमा चासो राखेका छन्, र मन्त्रालयका तर्फबाट मेल गरेर प्रक्रिया तथा आवश्यक कागजात बारे जानकारी दिएका छौं।´ ठाकुरले भने।

    मन्त्रालयका सूचना अधिकारी रबिन्द्र प्रसाद पौडेलले तीन महिना अघि मेटाबाट सम्पर्कमा आएका ब्यक्तिले नै अहिले दर्ता प्रक्रिया बारे चासो राखेर जानकारी मागेको बताए।

    `तीन महिना अघि पनि मेटाबाट दर्ता प्रक्रिया बारे चासो राखिएको थियो, अहिले पनि तिनै ब्यक्ति अनौपचारिक रुपमा सम्पर्कमा आएका छन्, अब प्रक्रियामा आएर दर्ता तथा सूचीकरणमा सहभागी भएको अवस्थामा फेसबुक बन्द नहोला, प्रक्रियामा नआए सरकारले आफ्नो निर्णय गरेको छ, त्यही अनुसार हुन्छ।´ पौडेलले एक्सरे नेपालसँग भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend